काठमाडौंकाे बुढानिलकण्ठमा अखाद्य मह उद्योग भेटियो, चिनीमा केमिकल राखेर मह बनाउँदै आएको पुष्टि

दर्पण दैनिक १९ बैशाख २०८०,०८:०७
post

काठमाडौ । काठमाडौमा एक मह उद्योगले चिनीमा केमिकल हालेर मह भन्दै बेच्दै आएको खुलेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठले सोमबार बुढानिलकण्ठस्थित गार्डेन एपिअरी उद्योग प्रालिमा छापा हानी सञ्चालक पवन सत्याललाई पक्राउ गरेको हो ।

उनले उद्योगमा अस्वस्थकर मह बनाउने गरेको प्रहरी जनाएको छ । चिनीमा केमिकल राखेर मह बनाउँदै आएको पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनको उद्योगबाट सात सय बट्टा तयारी मह तथा ४० बाल्टिन कच्चा पदार्थ बरामद गरिएको बुढानिलकण्ठ प्रहरी प्रभागका इन्सपेक्टर दीपेन्द्र चन्दले बताए ।

महमा अखाद्य वस्तुहरु मिसावट गरेर बिक्रि हुँदै आएको र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले छापा हानी पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका उपर सामाजिक अपराध ऐन अन्र्तगत कारबाही अघि बढाएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५