
काठमाडाैँ । यात्रुवाहक बसले ठक्कर दिँदा सर्लाहीमा एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ । बसको ठक्करबाट सर्लाहीको बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोस्ट (बीओपी) मा सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको हो। गएराति बीओपीमा ड्युटीमा रहेका वेला बसले ठक्कर दिएको थियो ।
बागमती प्रदेश ०१-००६ ख २००४ नम्बरको बसको ठक्करबाट इन्स्पेक्टर तुलाधर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजादै गर्दा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए ।
प्रहरीले घटनास्थलबाट बस चालक सहित तीन जनालाई पक्राउ गरेको छ। घटनाबारे उनीहरुसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google