भिडिओ च्याटमा अश्लिल हर्कत गर्न लगाएर मोबाइलमा रेकर्ड गरी चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

दर्पण दैनिक २५ श्रावण २०८०,१५:४७
post

काठमाडौं । महिलासँग भिडिओ च्याटमा अश्लिल हर्कत गर्न लगाएर मोबाइलमा रेकर्ड गरी चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको महाबु गाउँपालिका–२ का वर्ष ३९ को तुलाराम सारू रहेका छन् । पीडित महिलाका अनुसार उनको पसलमा सामान खरिद गर्न आउने तुलारामसँग परिचय भए पछि उनले मसँग सिम कार्ड छैन । निकाल्नको लागि नागरिकता पनि छैन। फोन चलाउन तिम्रो सिम कार्ड दिनु पर्यो भनि मागेका थिए ।

त्यसपछि महिलाले ती व्यक्तिलाई विश्वास गरी आफैले प्रयोग गर्दै आईरहेको मोबाइलको सिम कार्ड प्रयोग गर्न दिइन् ।

पीडकले फेसबुकबाट समेत साथी बनी, तिमीलाई विवाह गर्छु भनि प्रलोभन देखाई मायाजालमा फसाई, विभिन्न दबाब र धम्की दिई म्यासेन्जरको भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पारी सो क्रियाकलापको आफ्नो जानकारी बिना स्क्रिन रेकर्ड गर्ने गरेको महिलाको भनाइ छ ।

पटक–पटक अश्लील कल गर भनि जहिले पनि जुन सुकै समयमा दबाब र धम्की दिई दुःख हैरानी दिन थालेपछि, महिलाले निजको सो प्रोफाइल ब्लक गरी बसेकी थिइन् ।

प्रोफाइ ब्लक पश्चात् नक्कली फेसबुक प्रोफाइलबाट महिलाको अश्लील तस्बिरहरू उनका आफन्त तथा साथी भाइहरूले प्रयोग गर्ने फेसबुकको म्यासेन्जरमा पठाई चरित्रहत्या गर्ने गरेको महिलाले बताएकी छन् । त्यसपछि उनले ती व्यक्तिलाई कानुन बमोजिम कारबाहीका लागि पीडित महिलाले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

ब्यूरोले जिल्ला प्रहरी कार्यालयको बाँकेको सहयोगमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको छ ।

साथै, आफ्नो नाममा जारी सिमकार्ड, नागरिकता, पासपोर्ट र बैंकिङ सामग्री लगायतका व्यक्तिगत सामाग्री तथा विवरणहरू अरूलाई अनावश्यक उपलब्ध नगराउनु हुन एवं विद्युतीय माध्यमको सुरक्षित प्रयोग गर्नसमेत नेपाल प्रहरी साइबर ब्यूरोले सबैसँग आग्रह गरेको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: