
काठमाडाैँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्ध अन्तरिम आदेश दिएको छ । सो व्यवस्थाअनुसार आफूहरू अवकाशमा जान बाध्य हुने भन्दै केही प्रहरी अधिकारीहरूले सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका थिए ।
सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको यो अन्तरिम आदेशपछि यही १५ भदौमा अनिवार्य अवकाशमा जान लागेका एआईजीसहित ९० जना प्रहरी अधिकारी अनिवार्य अवकाशमा नजाने भएका छन् ।
२००५१ भदौ १६ मा नेपाल प्रहरी सेवामा प्रवेश गरेकाहरू यही १५ भदौमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै थिए । अब उनीहरू उमेर हदअनुसार अवकाशमा जाने बाटो खुलेको हो ।
बिहीबार सर्वोच्च अदालतले यो रिटमा कारण देखाऊ आदेशसमेत दिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google