काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि राजीनामा दिन दबाब परेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई मेयर पदबाट राजीनामा दिन लाउँदैछन् । यो देश कहिल्यै नबन्ने भो ।’
उनले कसले राजीनामा दिन लाउँदै छ भन्नेबारे भने केही खुलाएका छैनन् । मेयर प्रत्यक्ष निर्वाचित हुने भएकाले उनले स्वयम राजीनामा नगरेसम्म उनलाई पदबाट हटाउन सकिँदैन । भ्रष्टाचार मुद्दामा दोषी ठहर मात्र उनको पद जान सक्छ ।