काठमाडौं । मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने २७ वटा मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । नियमित चेकजाँचमा निरन्तर रूपमा कारबाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियान नै सञ्चालन गरेर स्वरूप परिवर्तन गरी चलाउने सवारी साधनका चालकलाई कारबाही गरेको हो ।
जथाभाबी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिल लगायतका पुर्जाहरूलाई परिवर्तन गरी मोटरसाइकल चलाउँदा सवारी दुर्घटना हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्रता दिएको हो ।
स्वरूप परिवर्तन गरी चलाइएका सवारी साधनबाट निस्कने चर्को आवाजले वृद्ध वृद्धा, बालबालिका र संवेदनशील क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर पर्ने तथा ध्वनि प्रदूषण समेत हुने हुँदा त्यस्ता सवारी साधनलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्ड अनुरूप राख्न लगाइएको पनि प्रवक्ता भट्टले जानकारी दिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी साधनको स्वरूप परिवर्तन गरी सवारी साधन चलाउँदा १ हजारदेखि १५ हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।










































































































































































































































































.jpg)















































































































































.jpg)













































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google