काठमाडाैं । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या २२ मा बढुवाका लागि सिफारिस भएको हो ।
गौतमकुमार केसी एक नम्बरमा एसपी बढुवाक लागि सिफारिस भएका छन् । यस्तै, बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, बासुदेव पाठक र रुपेश खड्का पनि एसपी बढुवामा सिफारिस भएका छन् ।
यसैगरी, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरिया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेललाई बढुवा समितिले प्रहरी उपरीक्षकमा बढुवाको सिफारिस गरेको छ ।