चन्द्रकुमार विश्वकर्मा, काठमाडौं । पत्रकार केशर विश्वकर्माको पहिलो कृति 'यात्रा जिन्दगीको' गजल सङ्ग्रह लोकार्पण गरिएको छ । सो गजल सङ्ग्रह गजलविद डा. नारायणप्रसाद शर्मा गैरे, पूर्व आपूर्तिमन्त्री कर्णबहादुर विश्वकर्मालगायत अतिथिहरुद्वारा लोकार्पण गरिएको हो । डा. नारायणप्रसाद शर्मा गैरेले गजलको इतिहासका बारेमा छोटकरीमा वर्णन गर्दै केशर विश्वकर्मा 'अथक' को गजल नेपाली लोकलयमा भएको बताए । त्यस्तै उनले 'यात्रा जिन्दगीको' कृतिले जातजाती, समुदाय, भूगोल, लिंग, रोजगार, आर्थिक, भौतिक, नैतिक, राजनैतिक, धार्मिकलगायत समग्रमा राष्ट्र बोलेको बताए ।
लोकार्पण कार्यक्रममा बोल्दै पूर्व आपूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले 'यात्रा जिन्दगीको' जस्ता साहित्य सिर्जनाले राष्ट्र निर्माणमा टेवा पुग्नेमा जोड दिए । त्यस्तै पूर्व आपूर्ति राज्यमन्त्री विश्वकर्माले देश विकास गर्न विशेषगरी युवाको भूमिका महत्त्वपूर्ण हुने भएकोले युवाहरू एक हुनुपर्ने बताए ।
कार्यक्रममा अधिकांस वक्ताहरुले विश्वकर्माको यो नयाँ गजल सङ्ग्रह भएपनि लेखकले सबै क्षेत्रलाई समेट्न खोजेको र शब्दहरुको चयन राम्रोसँग गरिएको बताए । साथै साहित्य क्षेत्रलाई निरन्तरता दिन र यस पुस्तकमा भएका कमिकमजोरीलाई सुधार गरी आगामी कृतिहरु झन उत्कृष्ट हुने विश्वास व्यक्त गरे । लेखकलाई सफल साहित्यकार बन्नसमेत शुभकामना दिए ।
दर्पण दैनिकका सम्पादकसमेत रहेका लेखक विश्वकर्माले सिर्जना भन्ने कुरा कतिबेला मानसपटलमा आउँछ भन्ने एकिन नहुने बताए । साहित्यकार विश्वकर्माले भने 'यात्रा गर्दा एकान्तमा बस्दा, समाजमा हुने गरेका विभिन्न क्रियाकलाप तथा मैले देखे भोगेका कुराहरू लेख्दै जाँदा आज गजल सङ्ग्रह बनेको हो ।' कार्यक्रममा उनले आफ्ना केही गजलहरु बाचन गरेका थिए । लेखक विश्वकर्माले प्रत्येक्ष तथा परोक्ष सहयोग गर्ने र साहित्य क्षेत्रमा लाग्न हौसला प्रर्दान गर्ने सबैलाई धन्यवाद दिए ।
 
                     
                            .png) 
                             
                                     
                                     
                                        












































































































































































































































































.jpg)
















































































































































.jpg)












































































































































 
                                                 
                                                 
                                 
                                                     
                                                    
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google