‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले भने - काठमाडौंका सम्पदा संरक्षणमा यो अर्को फड्को हो

दर्पण दैनिक ११ आश्विन २०८०,२१:१५
post

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विश्व सम्पदा क्षेत्रमा राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले महानगरपालिकाले बनाएको ‘नो भेहकल जोन’ पालना गरेकोमा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार वसन्तपुरमा इन्द्रजात्रा  अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरू पैदल हिँडेर गएका थिए । सोही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै उनले उपलब्धि भएको उल्लेख गरेका हुन् । 

'सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्य जस्तो लागे पनि काठमाडौंका सम्पदा संरक्षणमा यो अर्को फड्को हो’, उनले उल्लेख गरेका छन् ।  साथै उनले परिवर्तनलाई स्वीकार गरेकोमा उनले सबैलाई आभारी व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७