प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिश

दर्पण दैनिक १८ श्रावण २०८०,२०:१८
post

काठमाडाैं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिश गरेको छ । सिंहदरबारमा बिहीवार बसेको परिषद् बैठकले श्रेष्ठको नाम सिफारिश गरेको उपसभामुख इन्दिरा रानाले लोकान्तरलाई जानकारी दिइन् । सिफारिश नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण शनिवारदेखि अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिश गरिएको हो । २०१६ सालमा डोटी जिल्लामा जन्मेका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।


को हुन् ३१ औं प्रधानन्यायाधीश सिफारिस भएका श्रेष्ठ ?

प्रधानन्यायाधीश सिफारिस भएका श्रेष्ठ ४१ वर्षअघि अस्थायी नियुक्तिमा न्याय सेवामा प्रवेश गरेका थिए । श्रेष्ठ २०३८ चैत २७ गते तत्कालीन कानुन तथा न्याय मन्त्रालयमा अस्थायी शाखा अधिकृत नियुक्त भएका थिए । दुई वर्षपछि सुदूरपश्चि क्षेत्रीय अदालतमा तृतीय श्रेणीको शाखा अधिकृत बनेका उनले त्यसपछि तत्कालीन केन्द्रीय क्षेत्रीय अदालतमा काम गरे । २०४४ फागुन १४ गते द्वितीय श्रेणीमा बढुवा भएका श्रेष्ठले सूदुरपश्चिम क्षेत्रीय अदालतमा सहायक सचिवका रुपमा काम गरे । सहायक सचिवमा तीन महिना काम गरेपछि उनी न्यायाधीश नियुक्त भए ।

२०४५ जेठ ३ गते श्रेष्ठ जिल्ला न्यायाधीश नियुक्त भएका थिए । द्वितीय श्रेणीको न्यायाधीशका रुपमा जिल्ला अदालत दार्चुलाबाट सेवा सुरु गरेका उनी त्यसको दुई वर्षपछि डडेलधुराको न्यायाधीश बने । डडेल्धुरापछि २०४८ कात्तिक २३ गते न्यायिक सेवा तालिम केन्द्रमा सरुवा भएका थिए । तालिम केन्द्रमा श्रेष्ठ सहायक प्रशिक्षण प्रमुखका रुपमा कार्यरत थिए । २०४९ चैत १ गते पहिलो पटक सर्वोच्च अदालत प्रशासनमा सेवा गरे । तर त्यतिबेला उपरजिस्ट्रार भएका श्रेष्ठ एक वर्षपछि पुनः न्यायाधीशका रुपमा फर्किए । सर्वोच्चमा ठीक एक वर्ष काम गरेपछि उनलाई २०५० सालमा न्यायाधीश नियुक्त भएका उनले जिल्ला अदालत उदयपुरको जिम्मेवारी सम्हाले ।

दुई वर्ष उदयपुरमा काम गरेपछि मकवानपुर सरुवा भए । मकवानपुर जिल्ला अदालतमा पनि दुई वर्ष काम गरे । त्यसपछि जिल्ला अदालत झापा सरुवा भए । झापामा करिब तीन वर्ष काम गरे । झापाबाट जिल्ला अदालत बाँके पुगेका श्रेष्ठले त्यहाँ पनि दुई वर्ष काम गरेपछि २०६० साल वैशाख ११ गते जिल्ला अदालत काठमाडौंको न्यायाधीश भएर तीन वर्ष रहे । विभिन्न अदालतका प्रशासन र ७ वटा जिल्लाको न्यायायधीश भइसकेपछि श्रेष्ठ तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश नियुक्त भएका थिए ।

२०६३ सालमा तत्कालीन पुनरावेदन अदालत बागलुङको न्यायाधीश बने । बागलुङका तीन वर्ष र पाटन पुनरावेदन अदालतमा २ वर्ष कार्यरत रहिसकेका श्रेष्ठले पुनरावेदन अदालत पोखरामा पनि ३ वर्ष नै काम गरे छ । जसमा एक वर्ष कामु मुख्य न्यायाधीश समेत भए ।

पोखरामा कामु मुख्य न्यायाधीशका रुपमा काम गरेपछि उनलाई मुख्य न्यायाधीशका रुपमा पुनरावेदन अदालत हेटौंडा सरुवा गरियो । २०७१ साल भदौ १० गतेदेखि श्रेष्ठ हेटौंडाको मुख्य न्यायाधीशका रुपमा कार्यरत थिए । त्यहाँ कार्यरत रहँदै उनलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो । २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका श्रेष्ठले त्यसको ठिक ७ वर्षपछि सर्वोच्च अदालतकै नेतृत्व गर्ने अवसर पाएका छन् । प्रधानन्यायाधीशका रुपमा श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने छन् । २०८१ साउन २० गते श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण अवकास हुनेछन् ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post