काठमाडाैं । भारतको चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल स्वदेश फर्किएको हो । प्रधानमन्त्री नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड १७ मा भारत भ्रमणमा गएका थिए । भारतमा रहँदा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए । मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वरको मन्दिरमा प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलका अन्यमन्त्रीहरूले पनि पूजाअर्चना गरेका थिए ।