सेवाग्राहीबाट पार्किङ शुल्क लिए ९८५१०५१६१० मा सम्पर्क गर्न अनुराेध

दर्पण दैनिक १५ श्रावण २०८०,१६:३५
post

काठमाडौँ । व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ् शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ । आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । उनले सेवा लिएका ठाउँबाट पार्किङ् शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न अनुरोध गरेका छन् । 

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ । ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन् । यति हुँदा पनि कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको हो । 


न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । यस क्षेत्रमा सवारी साधन पार्किङ्ग गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ । 

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ्ग गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ ।  

निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङ्गमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ । यस्तै ४ पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: