बिडारी र खड्काको आमसञ्चारको परिचय विमोचन

दर्पण दैनिक २२ बैशाख २०८१,०७:१८
post

काठमाडौं  । आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहालले सो पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत थिए ।

शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो  पुस्तक भुँडीपुराण प्रकाशनले  प्रकाशित गरेको हो । यो पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बीए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिता अन्तरर्गतको पाठ्यक्रममा आधारित रहेको लेखकद्धयले बताएका छन् ।

पूर्णाङ्क १०० को यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय हो । यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी भएको लेखकद्धयले बताएका छन्। यो पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दाहरू र पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिका लगायतका बारे चर्चा गरिएको छ । 


पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिवि अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्रिय छन्। पत्रकारितामा सक्रिय बिडारी त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमफिल–पीएचडी गरिरहेका छन् । उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत हुन् ।

त्यसैगरी उकेरा डटकममा कार्यरत लेखक खड्का विशेषगरी स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्छन् भने अर्किड इन्टरनेश्नल कलेजमा प्राध्यापनरत छन् । खड्काले काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस् अन्तर्गत भाषा तथा आम सञ्चार विभागमा सञ्चारसम्बन्धी विषयमा विद्यावारिधी ९पीएचडी० गरिरहेका छन् । उनी नेपाल पत्रकार महासंघका सदस्य छन् ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: