विश्व बैंक र एडीबीकाे १५ अर्ब ७५ करोड आर्थिक सहायता स्वीकार गर्ने  मन्त्रीपरिषद्को बैठकको निर्णय

दर्पण दैनिक १८ श्रावण २०८०,१७:१८
post

काठमाडौँ । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब ६२ करोड रुपैयाँ र एसियाली विकास बैंक (एडीबी)सँग १३ अर्ब १३ करोड रुपैयाँ आर्थिक सहायता स्वीकार गर्ने भएको छ । 

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम–दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर करिब २ अर्ब ६२ करोड रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । 

यसैगरी, स्ट्रेन्थिनिङ्ग पब्लिक फाइनान्स म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट सर्भिस डेरिभरी कार्यक्रम, उपकार्यक्रम एकको लागि एसियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर करिब १३ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिने विषयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय समेत भएको सरकारको प्रवक्ता एवम् सूचना तथा विविध मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

यसको अलावा दिगो भू–व्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधारहरूको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ)बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर अर्थात् करिब २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता समेत स्विकार्ने सरकारले निर्णय गरेको छ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७