काडमाडाैँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु भएका भारतीय नागरिकको शव विमानमार्फत भारत लगिएको छ। पोस्टमार्टपछि शनिबार चितवनस्थित भरतपुर विमानस्थलबाट भारतीय सेनाको विमानमार्फत २५ वटा शव लगिएको छ । दुईवटा शव भने सडकमार्गबाट लगिएको छ ।
भारतीय सेनाको विमान भरतपुर विमानस्थलमा अवतरण गरेको थियो । सो विमान भरतपुरबाट सिधै भारतको मुम्बईका लागि उडेको छ ।
भरतपुर विमानस्थलमा भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेसमेत पुगेकी थिइन् । उनी त्यसअघि काठमाडौं ओर्लिएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते १६ जनाको अवस्था बुझ्न पुगेकी थिइन् । भारतीय पर्यटक बस पोखराबाट काठमाडौं आउँदै गर्दा शुक्रबार दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google