काठमाडौं । मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रवहादुर पाण्डे चयन भएका छन् । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले राजीनामा दिएपछि पाण्डे चयन भएका हुन् ।
फाउण्डेशनको शुक्रवार बसेको बैठकमा व्यक्तिगत र घरायसी कारणले दिएको उषाकिरणको राजीनामा स्वीकृत भएको थियो । अध्यक्षबाट राजीनामा दिए पनि आफू सचिवालय सदस्यकिो जिम्मेवारीमा रहने उषाकिरणले बताएकी छन् ।
सोही बैठकमा फाउण्डेशनकी सचिव पेम्बा लामाले पनि राजीनामा दिएकी छन् । उनी अखिल नेपाल महिला संघका महासचिव निर्वाचित भएकाले राजीनामा दिएकी हुन् ।
मदन भण्डारी फाउण्डेशनकी संस्थापक अध्यक्ष विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएपछि विगत ७ वर्षदेखि छोरी उषाकिरण अध्यक्ष थिइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google