९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

दर्पण दैनिक १९ माघ २०७९,०९:४४
post

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट गएराति १२ बजे काठमाडौं अवतरण भएका क्यानेडियन नागरिक सुनसहित पक्राउ परेका हुन् ।  

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल मोहगोब रहेको छन् । उनी पहिलोपटक नेपाल आएको पाण्डेको भनाइ छ ।  उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए । उनलाई पक्राउ गरी अहिले गौसाला प्रहरी वृतमा राखिएको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: