बेइजिङ+३० मा नेपालका एजेन्डा फलदायी हुने

दर्पण दैनिक १० कार्तिक २०८१,१५:२९
post

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढीले सन् २०२५ को मार्चमा अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र संघद्वारा आयोजना हुने बेइजिङ+३० समीक्षामा नेपालका लागि नेशनल नेटवर्क फर बेइजिङ प्लस रिभ्यू नेपालले नागरिक समाजहरुको तर्फबाट उठान गरेको विषय फलदायी हुने विश्वास गरेका छन् ।

शुक्रबार मन्त्री सुढीले बेइजिङ+३० का बारेमा नागरिक समाजबाट तयार पारिएको राष्ट्रिय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै भने, ‘बेइजिङ+ समीक्षा र कार्ययोजना महिला सशक्तिकरणको लागि दूरदर्शी एजेन्डा हो । यसले निजी र सार्वजनिक सबै क्षेत्रहरूमा महिला सशक्तिकरणको लागि सरोकारका क्षेत्रहरु पहिचान गरेको छ । यस समीक्षाले महिला र बालिकाहरूको सशक्तिकरणलाई समर्थन गर्ने कुरा पनि सुनिश्चित गर्दै, भविष्यका महत्वपूर्ण नीतिगत निर्णयहरूमा योगदान पुर्याउनेछ ।’

महिला सशक्तिकरण र लैङ्गिक समानताको विकासका लागि संकल्प गर्दै आगामी दिनहरुमा पनि हातेमालो गर्दै आगाडी बढ्ने नै प्रतिवद्धताका मन्त्री सुढीले गरेका छन् । महिला अधिकारका विषय सुधार भइरहेको महिला आयोगकी अध्यक्ष कमला पराजुलीले व्यक्त गरिन् । समीक्षा गोष्ठीमा १२ वटा बकेटमा तयार पारेको एजेन्डाले अब नपुग्ने भन्दै उनले अगाडि बढ्दै जाँदा समस्या थपिँदै गएको उनको भनाइ थियो । पछिल्लो समयमा जेष्ठ महिला नागरिक र यौनकर्मीका विषय बेइजिङ+३० समीक्षामा थप्नुपर्ने उनको सुझाव थियो ।

सन् १९९५ मा बेइजिङमा आयोजना भएको चौथो विश्व सम्मेलनमा सहभागी भएको स्मरण गर्दै अध्यक्ष पराजुलीले त्यसयता महिला सशक्तिकरणमा धेरै सुधार भएको उनले सुनाइन् ।

संयुक्त राष्ट्र संघको महिला प्रतिनिधि प्याट्रिया फर्नाडेजले नेपालमा महिला अधिकारको आन्दोलनमा धेरै प्रगति भएको बताइन् । उनले यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको छ र आफूहरुको सहयोग निरन्तर रहने उनको भनाइ थियो ।


कार्यक्रममा बेइजिङ कार्ययोजनाले निर्धारण गरेको १२ वटा सरोकारका क्षेत्रबारे महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक सविन श्रेष्ठले स्पष्ट पारेका थिए । महिला र शिक्षा, महिला र अर्थतन्त्र, महिलाको मानवअधिकार, महिला र गरिबी, महिला र स्वास्थ्य, शक्ति संरचना निर्णय प्रक्रियामा महिला, महिला र सञ्चार, महिला र वातावरण, महिलाको उन्नतिको लागि संस्थागत संरचना, महिला र सशस्त्र द्वन्द्व तथा महिलाविरुद्धको हिंसा निर्धारण गरिएको सरोकारका क्षेत्र थिए । श्रब्यदृश्यसहितको उनको प्रस्तुतिबाट बेइजिङ कार्ययोजनाबारे बुझ्नलाई सजिलो भएको थियो ।


कार्यक्रममा महिला सशक्तिकरणको क्षेत्रमा लामो समय योगदान दिने लक्ष्मीकेशरी मानन्धर, इन्दिरा श्रेष्ठ र तुलसालता अमात्यलाई सम्मान गरिएको थियो । मन्त्री सुढीले उनीहरुलाई सम्मान गरेका हुन् । यस वर्षदेखि युवालाई प्रोत्साहनसमेत गरिएको छ । यस वर्ष एसेस प्लानेटकी लक्ष्मी नेपाललाई सम्मान गरिएको छ । यसैगरी कार्यक्रममा आयोजक नेशनल नेटवर्क फर बेइजिङ+ समीक्षा नेपाल र एफडब्लुएलडीले तयार पारेको क्यालेन्डर सार्वजनिक गरिएको थियो ।


कार्यक्रममा उद्घाटनसत्र सम्पन्न भएपछि बेइजिङ कार्ययोजनाले निर्धारित गरेको १२ वटा सरोकारका क्षेत्रहरुका विषयमा सामूहिक छलफल चलाइएको थियो । १२ वटा विषयलाई तीन तीनवटा समूह बनाएर छलफल गरिएको थियो 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: