गोसाईँकुण्डमा लेक लागेर सिन्धुपाल्चोकका २४ वर्षीय युवकको मृत्यु

दर्पण दैनिक १८ जेष्ठ २०८१,०७:४०
post

काठमाडौँ । रसुवाको गोसाईँकुण्डमा लेक लागेर सिन्धुपाल्चोकका २४ वर्षीय युवकको मृत्यु भएको छ । गोसाईँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने ५६ सय मिटरको उचाइ लाङसिसामा ट्रेकिङ गएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २४ वर्षीय विजय तामाङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६०० मिटरको उचाईमा पुगेपछि उनी लेक लागेर बिरामी परेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरिक्षकको कमाण्डमा र प्रहरी चौकी लाङटाङ रसुवाबाट समेत खटिएकाे प्रहरी टोलीले करिब ५ घण्टा पैदल यात्रा गरेर शव ल्याएकाे थियाे । साे शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको रुसुवा प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: