
सुर्खेत । हनी ट्रयापमा पारेर आर्थिक लाभ लिएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनलाई एक्सटर्सन (जबरजस्ती रकम असुली) गरेको अभियोगमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भई हाल वीरेन्द्रनगर–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्दले २०८१ साल भदौ महिनामा मनोज कोइरालालाई वीरेन्द्रनगर–६ बुलबुले भ्यु होटलमा बोलाई चिनजानका आधारमा सम्बन्ध बनाएकी थिइन् ।
उक्त सम्बन्धपछि चन्दले हनी ट्रयापको जालमा पारेर ‘जबरजस्ती करणीको मुद्दा हालिदिन्छु’ भन्दै सामाजिक सञ्जाल तथा मिडियामा नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै पीडितबाट पटक–पटक गरी कुल १४ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रहरीको दाबी छ ।
घटनाबारे जाहेरी प्राप्त भएलगत्तै अनुसन्धानमा खटिएको टोलीले चन्दलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार चन्दमाथि जबर्जस्ती आर्थिक लाभ लिएको कसूरमा थप अनुसन्धान भइरहेको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google