मनमैजुमा ट्राफिक प्रहरी जवानकाे शव निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा फेला

दर्पण दैनिक ५ जेष्ठ २०८१,०९:३८
post

काठमाडौँ । काठमाडौँको तार्केश्वर–९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शङ्कास्पद अवस्थामा फेला परेको हाे । 

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको बिहीबार राति हत्या भएको आशङ्का गरिएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको छ । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: