काठमाडौं । काठमाडौंको सुन्धारास्थित श्री गुरु गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् ।
प्रहरी वृत्त जनसेवाका अनुसार ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी हुन् ।
वृत्तका प्रमुख डीएसपी भेषराज रिजालले कोठाभित्र विषादीको बट्टासमेत फेला परेको जानकारी दिए । उनले आत्महत्या गरेको आशंका प्रहरीको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google