स्लोवानिया पठाई दिन्छु भनी ठगी गरेको आरोपमा अजयराज शाही र गोरखाकी छिमी सुनिन पक्राउ

दर्पण दैनिक १८ पुष २०८०,१६:३८
post

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्लोवानिया पठाई दिन्छु भनी रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ गरेको छ । जिल्ला धादिङ ज्वालामुखी २ घर भई  काठमाडौं चन्द्रागिरी १३ बस्ने बर्ष २५ को अजयराज शाही र गोरखा चुमनुव्री ४ घर भई हाल काठमाडौं चन्द्रगिरी बस्ने ३५ बर्षीया छिमी सुनिनलाई प्रक्राउ गरेको हो ।

अजयराज शाही र छिमी सुनिनले अनिल भुजेललाई वैदेशिक रोजगारीको लागि स्लोवानिया पठाई दिन्छु त्यसको लागि सात लाख रुपैयाँ लाग्छ, स्लोवानिया पुगेपछि फ्याक्ट्रीमा काम लगाइदिन्छु, मासिक सत्तरी हजार रुपैयाँभन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई पटकपटक गरी दुई लाख असी हजार रुपैयाँ रकम लिई फरार भएका प्रहरीले जनाएको छ ।


पक्राउ गरी दुवैजनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: