
काठमाडौँ । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरकारले एकसाथ फिर्ता बोलाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ ।
यस्तै चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश्वर रिमाललाई पनि त्यहाँबाट हटाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालयका प्रकाश पौडेललाई सरुवा गरिएको छ ।
चितवनको प्रहरी प्रमुखमा मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रलाई सरुवा गरिएको छ । चितवनबाट हटाइएका एसपी रिमाल मानव बेचविखन ब्युरोमा गएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
सीडीओ यादव र एसपी रिमालले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध जथाभावि आन्दोलन गर्दा पनि त्यसलाई रोक्न नसकेको उनीहरुमाथि आरोप छ ।
रास्वपाका कार्यतर्काले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदी किनारमा दाह संस्कार गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google