
काठमाडौँ । रौतहट सदरमुकाममा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ । उक्त शव रौटहटको माधवनारायण नगरपालिका–२ माधोपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए ।
गौर नगरपालिका- ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेस देखेका थिए । त्यतिबेलै स्थानीयले प्रहरीलाई खबर गरेका भए पनि प्रहरीले आज बिहान मात्रै सुटकेस खोलेर हेरेको हो ।
घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।
रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन्। उनी अहिले माइती घरमै बस्दै आएकी थिइन् । रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ । पतिसँगको उनको सम्बन्धको विषयमा हालसम्म केही खुलेको छैन । स्कुल नजिकै शंकास्पद सुटकेस फेला परेको भनेर शनिबार राति नौ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google