काभ्रेमा विद्युतीय ट्रान्सफर्मर चाेरी गर्ने १० जना पक्राउ

दर्पण दैनिक २८ श्रावण २०८१,०८:५३
post

काठमाडौँ । काभ्रेका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी गरेर बिक्री गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संगठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । 

जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरेर चोरीमा संलग्नलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले चोरीमा संलग्न सातलाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो । 

पक्राउ पर्नेमा काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की, दोलखाका २२ वर्षीय प्रल्हाद बस्नेत, २७ वर्षीय सुनिल बस्नेत, ३० वर्षीय दिकुल खत्री, २१ वर्षीय प्रविन बस्नेत र २४ वर्षीय जगन्नाथ बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष विक, ४२ वर्षीय राजेश विक, २८ वर्षीय कुमार विक र २४ वर्षीय प्रेम मिजार छन् ।  


चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट उनले बताए । डीएसपी श्रेष्ठका अनुसार भक्तपुरको जगातिस्थित प्रहरी वृत्तको संयुक्त टोलीले गिरोहका थप तीनलाई पक्राउ गरी भक्तपुरका विभिन्न कवाडी पसलमा खानतलासी गरेको छ । 

त्यसरी खानतलासी गर्दा गिरोहले बिक्री गरेको तामाका तारलगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।  उनीहरूले कवाडी सामान सङ्कलन गर्ने बहानामा काभ्रेको विभिन्न स्थानमा राखिएका ट्रान्सफर्मरको अवस्था पत्ता लगाई रातको समयमा ट्रान्सफर्मर निकाली फोडेर तामाका तार चोरी गर्ने योजना बनाउने गरेको अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए । 

उक्त गिरोहले बस्ती, खानेपानी तथा सिँचाइका लागि व्यवस्थित गरिएका ट्रान्सफर्मर चोरी गर्ने गरेका छन् । गिरोहले करिब डेढ महिनाको अवधिमा भुम्लु गाउँपालिका–९ मेलडाँडास्थित एनसेल टावर, तेमाल गाउँपालिका–५ मनकुलबेँसीस्थित खानेपानी, नमोबुद्ध नगरपालिकाको ६ नं वडास्थित बृहत् खानेपानी तथा ५ नं वडाको कानपुर खानेपानी, मण्डनदेउपुर नपा–९ रानीटारस्थित खानेपानी र मण्डदनदेउपुर–७ को खानेपानीका लागि राखिएका ट्रान्सफर्मर चोरेका थिए ।

प्रहरीले चोरीमा संलग्न बा१ज ८७३४ नम्बरको मिनीभ्यान पनि नियन्त्रणमा लिएको छ। विभिन्न मितिमा समातिएका उनीहरूलाई जिल्ला अदालतमार्फत म्याद थपी अनुसन्धान भइरहेको जनाइएको छ । रासस

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: