
ललितपुर । राष्ट्रिय युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष समाजसेवी युवा नेता दिक्पालजंग थापाले राजा ज्ञानेन्द्र शाहको ७७औं जन्मदिनको अवसर पारेर असहाय तथा अनाथ बालबालिकालाई सहयोग गरेका छन् । भैसेपाटीस्थित असहाय तथा अनाथ वालवालिका संरक्षण फाउण्डेशन नेपाललाई ३५ हजार बराबारको दाल चामल चिनी, तेल र चाउचाउलगायतका सरसामान सहयोग गरेका हुन् ।
आज आयोजित विशेष समारोहमा मोर्चा उपाध्यक्ष तथा समाजसेवी थापाले फाउण्डेसनकी सुपरभाइचर कल्पना पराजुलीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । समाजसेवी थापाले सहयोग सामाग्री हस्तान्तरण गर्दै असहाय तथा अनाथ बालबालिकाहरुलाई मनैदेखि सहयोग गरेको बताएका छन् ।
थापाले राजनीति पनि एउटा समाज सेवा भएको विचार राख्दै समाजसेवा गर्न पाउदा आनन्द लाग्ने बताए । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य निराजन थापा, राप्रपा ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन, राप्रपा मोर्चा अध्यक्ष कैलाश कटुवाल, राप्रपा ललितपुर जिल्ला मोर्चा अध्यक्ष सरोज महर्जनलगायतको सहभागिता थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google