काठमाडौँ । स्वामी कैलाशानन्दले सोमबारको विशेष दिन पारी चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । उनीसहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स प्रमुख कार्यकारी अधिकृत अरुण प्रधान तथा मुख्य बजार प्रबन्धक प्रभाकर खड्काले स्वागत गरेको कम्पनीले जनाएको छ ।
उनले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा गरेका थिए । स्वामी कैलाशानन्दसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।
साथै चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गरेको बताए । भ्रमणका क्रममा उनले मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको बताए । यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सवैलाई लोभ्याउने पनि उनले उल्लेख गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google