काठमाडाैँ । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएकाे छ । बागलुङका जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
भारतको दिल्लीमा पक्राउ गरी आइतबार बागलुङ ल्याइएका नेपालीको सोमबार बयान सकेर मंगल भएको थुनछेक बहसपछि नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने र इमेज सहकारी ठगी प्रकरणमै पक्राउ परेका देवकुमारका दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।
नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको छ, भने पोखरामा ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ ।
कास्की र बागलुङमा गरी झण्डै २ अर्ब रुपैयाँ अपचलन गरेको सार्वजनिक भएसँगै मेयर नेपाली २०८० जेछ ५ गते फरार भएका थिए ।