काठमाडौं उपत्यकाका १३ स्थानमा ट्राफिक प्रहरीकाे यात्रु सहायता कक्ष स्थापना

दर्पण दैनिक २३ आश्विन २०८०,१३:२९
post

काठमाडैं । दशैं, तिहार र छठ पर्वलाईलक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ । यात्रुको सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्धेश्यले यातायात व्यवसायीहरुको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

काठमाडौं उपत्यकाको सुन्धारा, नागढुंगा, कलंकी, नयाँबसपार्क, चावहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगाती लगायतका १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो  । यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादर भन्दाबढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको चेक गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्यागई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी राख्नेछ । 

यससँगै नाकामा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था मिलाई यात्रुलाई पर्नसक्ने विभिन्न समस्या समाधान गरिने पनि प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक  भट्टले बताए ।
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: