
काठमाडौँ । तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवान तिर्न पत्र पठाएको छ । शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्याङकन गरि ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनाएको छ ।
महानगरले वडा न ३२ कोटेश्वर तथा तीनकुने क्षेत्रको सडक तथा पेटीमा जथाभावी फोहोरमैली गरि वातावरण प्रदुषण गरेकाले ज्ञानेन्द्र शाहलाई १/१ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ । यस्तै दमकल र अग्निनियन्त्रकहरुमाथि ढुंगामुडा गरि क्षति पुर्याएकोमा १ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै तीनकुनेमै वातावरण प्रदुषण गरेकाले थप १ लाख जरिवानाको पत्र निर्मल निवास पठाइएको छ । यस्तै बालकुमारी र जडिबुटी सडक क्षेत्रमा फोहोरमैलागरि वातावरण प्रदुषण गराएको भन्दै १/१ लाख जरिवाना गरिएको छ ।
साथै तीनकुने क्षेत्रमा रहेको रुख बिरुवा, रेलिङ भत्काउने तोडफोड गरेबापत्त ४० हजार र आइल्याण्डमा तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना तोेकेको छ । उक्त पत्रहरु निर्मल निवास पठाइसकिएको महानगरले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google