विवादमा परेपछि उपसभामुख रानामगरले दिइन यस्ताे प्रतिक्रिया

दर्पण दैनिक ४ श्रावण २०८१,०६:२१
post

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासलाई लेखेको एउटा पत्रका कारण अहिले उपसभामुख इन्दिरा रानामगर विवादमा परेकी छन् । उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाई दिन लेखेको पत्रले उनलाई विवादमा तानेको हो । 

सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य ६ जना जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाता मिति मिलाइ दिन दूतावासलाई पत्र लेखेकी थिइन् । उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गरेकी थिइन् । रानाले पत्रमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन् । एक वर्षपछि उपसभामुख रानाले लेखेको पत्र विवादमा आउनुका केही कारण छन् । 

पहिलो, उपसभामुख समेत रहेकी सांसद रानाले रातो पासपोर्ट प्रयोग गर्न पाउँछिन् । रातो पासपोर्ट बोक्ने व्यक्तिले निःशुल्क भिसा प्राप्त गर्छ भने अध्यागमनको प्रक्रियामा सहजताका साथै केही कूटनीतिक उन्मुक्ति प्राप्त गर्छ । उपसभामुखलाई कुनै आधिकारिक भ्रमणको निम्तो आएको अवस्थामा उनलाई संघीय संसद सचिवालयले भ्रमणको प्रबन्ध मिलाउनेदेखि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने काम गर्छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद सचिवालयमा यस्तो भ्रमणहरूको व्यवस्थापन तथा सहजीकरणका लागि अन्तराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा नै छ । तर उपसभामुख रानाले आफ्नै लेटरहेडबाट आफै पत्राचार गरेको देखिन्छ । 

दोस्रो, रानाले उपसभाुमखको लेटरहेडबाट आफूसँग जाने भ्रमण टोलीमा संघीय संसद सचिवालयसँग सम्बन्धित नै नरहेका मानिसहरुलाई ‘डेलिगेट्स’ का रूपमा उल्लेख गरेकी छिन् । जसबाट उनले कस्ता व्यक्तिका लागि आफ्नो लेटरहेडबाट भ्रमणको सहजीकरणका लागि सिफारिस गरिन् भन्ने प्रश्न उठेको छ । 

उपसभामुख रानाले भने आफूसँगै साइकल कुदाउने गरेका एक जना भाइले सिफारिस माग गरेकाले आफूले पत्र लेखेको बताएकी छन् । ‘मसँगै झापामा साइकल कुदाउने भाइले ‘हामीलाई सिएसडब्लुबाट निम्तो आएको छ । दूतावासमा प्रि–डेट मागिदिनु न, नत्र एक वर्ष पर्खनु पर्ने भयो’ भन्यो,’ रानाले सुनाइन्, ‘अन्तर्वार्ताको मिति मिलाइ दिनुपर्‍यो भनेकाले पत्र दिएको हो । उसले अर्को सिफारिस पत्र पनि मागेको थियो । तर हामीले दिएनौं ।’

उनले नाम उल्लेख भएका ६ जना मध्ये एक जनासँग मात्र आफ्नो चिनजान रहेको स्पष्ट पारेकी छन् ।  ‘मैले अन्तर्वार्ताको प्रि–डेटका लागि पनि पत्र दिन मानेको थिइनँ,’ रानाले भनिन्, ‘तर उनीहरूले प्रिडेटको लागि मात्र हो भनेर धेरैपल्ट धाए । मैले हतार हतारमा पत्रमा हस्ताक्षर गरें कि ! मेरो हस्ताक्षर छ । यो पत्रको कुनै रेकर्ड मेरो सचिवालयमा पनि छैन ।’

उनले आफू पनि सोही समयमा अमेरिका गएर फर्किएको बताइन् । तर सिएसडब्लुको कार्यक्रममा भने सहभागी हुन नसकेको उल्लेख गरिन् । उपसभामुख रानाले आफूलाई अहिले बदनाम गर्न खोजिएको बताइन् । मानव तस्करी गर्न खोजिएको भन्दै कतिपयले लगाएको आरोपमा भने उनले प्रतिवाद गरिन् । 

‘मलाई आरोप लगाउन त प्रमाणित गर्नुपर्छ । अध्यागमन जाँच गरे भइहाल्छ नि । सबैको पासपोर्टको नम्बर त्यहीँ पत्रमा छ । मसँग कोही गएको छैन । नेपालबाट म र लक्ष्मी भण्डारी गएका छौं । कतारको ट्रान्जिटमा बन्दना राणासँग भेटेर फोटो खिचाएको छु । मैले लिएर जानुपर्‍यो नि तस्करीमा त !’ उनले आफू सभामुख भएको दुई वर्षपछि अहिले पत्र बाहिरिनु नियोजित भएको बताइन् ।  संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने सांसदहरूले व्यक्तिगत रूपमा गर्ने पत्राचार कतिपय भ्रमणबारे संघीय संसद सचिवालयलाई समेत जानकारी नहुने बताए । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: