काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदका लागि रुसका डा. बन्द्रि केसी, जापानका महेश कुमार श्रेष्ठ, अमेरिकाकी रविना थापा र कतारका राजेन्द्र कुमार श्रेष्ठले उम्मेदावरी दर्ता गराएका हुन् ।
६ जना उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एक महिला उपाध्यक्षका लागि बेलायतकी रोजिना प्रधान राई र साउदी अरेवियाकी यास्मिन बेगम सायद प्रतिस्पर्धा गर्दैछन् ।
१ युवा उपाध्यक्षमा कतारका अब्दुल बासिद र जाम्बियाका रोशन थापाले उम्मेदवारी दर्ता गराएका छन् । महासचिवका लागि बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । २ उपमहासचिवका लागि ५ जनाको उम्मेदवारी छ ।
६ सचिवमा १५ जनाको उम्मेदवारी पर्यो । १ महिला सचिवका लागि क्यानेडाकी बिमला सापकोटा र हङकङकी राधिका गुरुङ प्रतिस्पर्धी बनेका छन् ।
कोषाध्यक्ष पदकोलागि जापानका सुदन के थापा र यूएईका ठाकुर प्रदाद ढुंगाना भिड्दैछन् । ३ सह कोषध्यक्षकोलागि ६ जना उम्मेदवार बनेका छन्। १ महिला सह कोषाध्यक्षमा अमृता थापा र त्रिशा शर्मा छन् । महिला संयोजकमा अनुजा प्रधान र देवकी खत्री गुरुङ छन् । युवा संयोजकमा रविन अधिकारी र सुपेन्द्र घिसिङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।










































































































































































































































































.jpg)















































































































































.jpg)













































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google