मेयर बालेन र सांसद् प्रदीप पौडेलबीच भयाे यस्ताे सहमती

दर्पण दैनिक १८ फाल्गुन २०७९,१७:२८
post

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह र नेपाली कांग्रेसका नेता तथा सांसद् प्रदीप पौडेलबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा उनीहरुबीच काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि विभिन्न विषयमा सहकार्य गरेर अगाडि बढ्ने सहमती भएको हो ।


उनीहरुबीच भएको सहमती :

१) कलंकीदेखि धोबी खोलासम्म रिङ्गरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने ।

२) सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने ।

३) मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने ।

४) हाँडी गाउँलाई सांस्कृतिक सहरकारुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्यरूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने ।

५) धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने ।

६) टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाटलगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने ।

७) सार्वजनिकरूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७