काठमाडौं । काठमाडौंको ठमेलबाट दुई चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हुन्डी कारोबारको आशंकामा उनीहरूलाई पक्राउ गरेको हो ।
ठमेलको होटल ज्याङ्सुबाट पक्राउ परेका उनीहरूको साथबाट करिब ४५ लाख रुपैयाँ बरामद पनि भएको छ ।सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google