काठमाडाैं । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा प्रतिनिधिसभामा रिक्त हुन गएको एक पदबारे बैठकलाई सभामुख देवराज घिमिरेले जानकारी गराउने छन् । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । रास्वपाका सभापति रवि लामिछाने सर्वोच्चको फैसलाअनुसार पदमुक्त भएपछि चितवन २ खाली भएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय मानवअधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८ र ७९)’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।