काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा थप तीनजना नियुक्त भएका छन् । यसअघि डा. सुरेशचन्द्र चालिसे परराष्ट्र सल्लहाकार र चिरञ्जीवी अधिकारी निजी सचिवमा नियुक्त भइसकेका छन् ।
बिहीबार मिडिया हेर्ने गरि पत्रकार खिला कार्कीलाई राष्ट्रपतिको सचिवालयमा नियुक्त भएका छन्। उनको पद तय भइसकेको छैन ।
राष्ट्रपतिले अब प्रेस सल्लहारमा अर्का व्यक्तिलाई नियुक्त गर्ने छन् । त्यसैगरी फोटो पत्रकारमा अनिश रेग्मी र निजी सचिवालयमा सुशील तिमिल्सिनालाई नियुक्त गरिएको छ ।