तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

दर्पण दैनिक १० बैशाख २०८०,१२:५५
post

काठमाडौं । मौन अवधिमा मत मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । गत ७ गते मध्यरातिदेखि नै मौनअवधि लागु भइसकेको अवस्थमा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । आयोगका अनुसार भट्टराईले मौनअवधिमा आफ्नो मोबाइल प्रयोग गरेर भ्वाइस म्यासेजमार्फत मत मागेका हुन् ।  

'वैशाख ७ गते राति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि लागु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइलको भ्वाइस म्यासेजमार्फत मत माग्नु भएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन? भनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लगाउने भनि जिल्ला आचारसंहिता अनुगमन समितिबाट आइतवार निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफैँ वा प्रतिनिधिमार्फत उपस्थित भइ स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ', आयोगका अनुगमन अधिकृतले भनेका छन् ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७