लुम्बिनी । लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुबेर कडायतले प्रहरी कर्मचारीहरु उच्च आचरण र व्यवहारको नमूना बन्नु पर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय वाँकेको निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै डिआईजी कडायतले यस्तो बताएका हुन् ।
उनले भने, ‘वर्तमान अवस्थामा आम नागरिकको प्रहरीप्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गईरहेको र जनताले अब प्रहरीलाई आफ्नो प्रमुख सहयात्रीका रुपमा लिएकाले प्रहरी पनि नागरिकप्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई नै केन्द्रविन्दुमा राखी काम गर्नु पर्दछ ।’
डिआईजी कडायतले थप जनमुखी सेवा सम्पादन गर्न उनले निर्देशन दिए । प्रहरी कर्मचारीहरु उच्च आचरण र व्यवहारको नमूना बनुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै डिआईजी कडायतले कुनै स्वार्थ वा प्रलोभनमा परी काम कारवाही गरेमा वा कुनै गैरव्यवसायिक क्रियाकलापमा प्रहरी कर्मचारीहरु संलग्न भएको पाइएमा त्यसको नैतिक दायित्व सम्बन्धित कमाण्डरमा समेत हुने भएकोले त्यस्ता कार्य कुनै हालतमा क्षम्य नहुने बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google