काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभाबाट विश्वासका पाएका छन् । मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आजकाे प्रदेशसभा बैठकमा विश्वासकाे मत मागेका थिए । लामाकाे पक्षमा ६४ र विपक्षमा ३५ मत परेकाे छ, भने मत दिन्न भन्नेमा ३ मत परेकाे छ । सभामा उपस्थित सांसद संख्या १०३ रहेकाे थियाे
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्नेमा लामा स्पष्ट बहुमतमा रहेका छन् । बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको ३-३ र हाम्रो नेपाली पार्टीका २ दुई सांसद छन् ।