यी तीन पार्टीलाई ७ हजार जरिवाना

दर्पण दैनिक १ श्रावण २०८०,२०:३८
post

काठमाडौं । निर्वाचन आयोगले बाबुराम भट्टराई, प्रभु साह र रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टीलाई ७ हजार जरिवाना गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्री भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीले समयमै निर्वाचन आयोगका लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन् ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा अनुसार दर्ता भएका राजनीतिक दलले आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र लेखापरीक्षण प्रतिवेदन तयार पानुपर्ने हुन्छ र त्यसको एक महिनाभित्र निर्वाचन आयोगमा पेश गर्नुपर्ने हुन्छ ।

तर, समय व्यतित भएपछि मात्रै पूर्वप्रधानमन्त्री भट्टराई, बहालवाला मन्त्री श्रेष्ठ र प्रभु शाह नेतृत्वको पार्टीले लेखा प्रतिवेदन आयोगमा पेश गरेका थिए । त्यसकारण यी तीन पार्टीसहित ८ राजनीतिक दल ७ हजार जरिवानामा परेका छन् ।

७ हजार जरिवानामा पर्ने अन्य पार्टीहरुमा बहुजन एकता पार्टी नेपाल, नेपाली गिन्स पार्टी, नेपाल आमा पार्टी, जनता प्रगतिशिल पार्टी, नेपालवाद, संघीय खम्वुवान लोकतान्त्रिक पार्टी छन् ।

निर्वाचन आयोगले आइतबार समयमै लेखा परिक्षण प्रतिवेदन पेश नगर्ने, पेश गरेर पनि सार्ववनिक नगर्ने र लेखापरीक्षण प्रतिवेदन पेश गर्दै नगर्ने दलहरुलाई जरिवाना रकम नै तोकेर कारबाहीको निर्णय गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले सोमबार बसेको बसेको बैठकले तोकेको जरिवाना बापतको रकम ३५ दिनभित्र सम्बन्भित दलले दाखिला गर्नुपर्ने हुन्छ ।

अन्यथा, ३५ दिनभित्र जरिवाना रकम नबुझाउने राजनीतिक दललाई तत्काल (लगत्तैको) एक निर्वाचन भाग लिन नपाउने गरी आयोगले रोक लगाउने आयोगको निर्णय रहेको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७