
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठकबाट नयाँ पदाधिकारी मनोनीत गर्नुका साथै पार्टी सचिवालय र विभागहरूलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले संगठन विस्तार, स्थानीय तह निर्वाचनको तयारी र आन्तरिक जिम्मेवारी बाँडफाँडसम्बन्धी विविध निर्णयहरू गरेको हो ।
बैठकले कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ र सह-महामन्त्रीमा पुरुषोतम सुप्रभात यादवलाई चयन गरेको छ ।
त्यसैगरी प्रवक्ताको जिम्मेवारी ललितपुरका जगदीश खरेललाई दिइएको छ भने सहप्रवक्तामा डा. नमिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यका अनुसार ९ जना नयाँ नेताहरूलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ । मनोनीत हुनेहरूमा सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरूषोतम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्त बहादुर राई रहेका छन्।पार्टीका दैनिक तथा प्रशासनिक कार्य चुस्त बनाउन १३ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।
सचिवालयमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोतम सुप्रभात यादव, डा. मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, लिमा अधिकारी आचार्य, दिपकराज बोहरा, समिक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा समेटिएका छन् ।
बैठकले विभिन्न विभागीय प्रमुखहरूको पनि जिम्मेवारी तोकेको छ। संगठन विभागको प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापनमा विजय जैरु, जनस्वास्थ्यमा डा. तोसिमा कार्की, पूर्वाधारमा निशा डाँगी र अर्थ विभागको प्रमुखमा लिमा अधिकारी आचार्य चयन भएका छन् । प्रशिक्षण विभागको उपप्रमुखको जिम्मेवारी भने कमल सुवेदीलाई दिइएको छ ।
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीको आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले देहायका निर्णयहरु गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
१. स्थानीय निर्वाचन सम्बन्धमा ।
(क) स्थानीय निर्वाचनका लागि विपिन कुमार आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेदवार छनोट रूपरेखा २०८३ लाई केन्द्रीय समिति बैठकमा आएका सुझावलाई समेत समेटेर अनुमोदन गर्ने।
(ख) स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्यका लागि इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यहरुबाट नामावली माग गर्ने ।
२. राइट टु रिकल सम्बन्धमा ।
राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति समिति गठन गर्ने।
३. मनोनयन सम्बन्धमा।
क. केन्द्रीय समिति सदस्यहरु
सुनिल लम्साल
सुधन गुरुङ
प्रतिभा रावल
भूपदेव शाह
पूरुषोतम सुप्रभात यादव
डा. मनोहर प्रधान
बसुमाया तामाङ
सुरेन्द्र चौधरी
डा. भक्त बहादुर राई
ख. पदाधिकारीहरु
सह-महामन्त्री - पुरुषोतम सुप्रभात यादव
कोषाध्यक्ष – डा. मनोहर प्रधान
सहकोषाध्यक्ष – बसुमाया तामाङ
प्रवक्ता – जगदीश खरेल (ललितपुर)
सहप्रवक्ता – डा.नमिता यादव
सहप्रवक्ता – सुरेन्द्र चौधरी
ग. पार्टी सचिवालय सदस्यहरु
गणेश पराजुली
शिशिर खनाल
विराजभक्त श्रेष्ठ
पुरुषोतम सुप्रभात यादव
डा. मनोहर प्रधान
कविन्द्र बुर्लाकोटी
जगदीश खरेल (ललितपुर)
लिमा अधिकारी आचार्य
दिपकराज बोहरा
समिक्षा बास्कोटा
शिव नेपाली
इन्दिरा राना मगर
मनिष झा
घ. पार्टी केन्द्रीय विभागहरु
संगठन विभाग – प्रमोद न्यौपाने, प्रमुख
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग - शिशिर खनाल, प्रमुख
सार्वजनिक सेवा तथा जन गुनासो व्यस्थापन विभाग – विजय जैरु, प्रमुख
जनस्वास्थ्य विभाग – डा. तोसिमा कार्की, प्रमुख
पूर्वाधार विभाग – निशा डाँगी, प्रमुख
अर्थ विभाग - लिमा अधिकारी आचार्य, प्रमुख
प्रशिक्षण विभाग – कमल सुवेदी, उपप्रमुख
४. योजना, कार्यक्रम तथा अभियान सम्बन्धी
(क) केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यहरुलाई ४६० गाउँपालिकामा स्थानीय निर्वाचन उम्मेदवार छनोट रुपरेखा लगायतका विषयहरुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न परिचालित गर्ने । सोको संयोजन सहमहामन्त्री श्री निशा डाँगीले गर्ने ।
(ख) असोज महिनादेखि "स्वतन्त्र" मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने।
(ग) मधेशमा जिल्ला र प्रदेश अधिवेशन सुरु गर्नु पूर्व संगठनको अडिट गर्न सहमहामन्त्री श्री हरि ढकालको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने । समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरु रहने ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google