काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुनलाई मापदण्ड तय गरेको छ। कांग्रेसले मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरु छान्नका लागि समावेशी र प्रदेशिक सन्तुलन मिलाइने जनाएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पदान समितिको बैठकले उक्त मापदण्ड तय गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।
‘मन्त्रिपरिषद्मा पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक प्रतिनिधित्त्वको क्राइटेरिया बनेको छ,’ महतले भने।
आइतबार बसेको बैठकबाट कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।