काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र हुँदैछ । आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज कार्यतालिका अनुसार बन्दसत्रमार्फत नीति र नेतृत्व सम्बन्धी छलफल गरिनेछ ।
महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार, बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ । सुरुमा महाधिवेशनको कार्यविधि तयार गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नौ समूहमा विभाजन गरेर चार विषयमा नीति–मन्थन गरिनेछ ।
चार विषयहरूमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल हुनेछ । नीति–मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्नेबारे निर्णायक छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने तयारी गरिएको छ ।
पोखरेलले भने, ‘नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना भएकाले मतदान आवश्यक नपर्न सक्छ ।’ यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार, विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि बिहान आइपुगेका छन् र उनीहरूले बिहान ८ बजेदेखि दर्ता कार्यक्रममा सहभागी भएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google