'एमाले छोड्न लाग्नु भएको हो ?' भन्ने प्रश्नमा भीम रावलले दिए यस्ताे जवाफ

दर्पण दैनिक १४ चैत्र २०७९,१२:३७
post

कैलाली । नेकपा एमालेका नेता डा. भीम रावलले अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी गर्ने बताएका छन् । आज धनगढीमा पत्रकारहरूको भेटघाटमा उनले तत्काल एमाले छोड्ने मनस्थितिमा आफू नरहेको बताएका हुन् । उनले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको प्रष्ट्याएका हुन् ।

कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनु भएको छ, के एमाले छोड्न लाग्नु भएको हो ? भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु- त्यति बेला किन घचेटि माग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

एमाले नेता रावलले उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोपसमेत लगाएका छन् । आइतबार अछाममा आयोजित पार्टी कार्यक्रममा रावल पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए । ‘मैले ४८ सालदेखि चुनाव लड्दै आएको छु कहिल्यै कसैसँग टिकट मागिनँ तपाईँलाई मागे र ?’ पौडेललक्षित उनको प्रश्न थियो ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post