प्रचण्ड नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख पाईरहन्छन् : ज्वाला साह

दर्पण दैनिक १६ फाल्गुन २०७९,१७:२४
post

काठमाडौं । नेकपा (एमाले) की नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख र सास्ती पाईरहने आरोप लगाएकी छिन् । उनले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्महुँदा ज्योतिषले भनेजस्तै कुलंघारको संज्ञासमेत दिईन् । 

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ साहले प्रचण्डप्रति आक्रोश पोख्दै भनिन्–‘महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषीले भनेका थिए–यो कुलंघार हो । यो रहुञ्जेलसम्म यसले परिवार पनि नाश गर्छ । देशलाई पनिनाश बनाउँछ । जनतालाई पनिनाश बनाउँछ । यसले पूरै देशलाई स्वाह बनाउँछ भनेको थियो । मलाई त त्यस्तो लागिरहेको छ कि, अहिले जुनखालको अनुभुतिले देखाएको छ– जबसम्म प्रचण्ड नेतृत्वमा रहनुहुन्छ जनताका सपना, घाईते, योद्धा, जनयुद्धमा १७ हजारले सहादत प्राप्त गरेको छ । सबैको सपनामा चोट पुग्छ ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाजको संज्ञा पनि दिईन् । उनले भनिन्–‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको छ । अब प्रचण्डसँग हाम्रो सहकार्य हुँदैन् । हामी हिजो पनि एक्लै चुनाव लडेको हो । देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ ।’ 

हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएकी साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ठूलो गल्ती गरेको पनि स्पष्ट पारिन् । उनले भनिन्– ‘अब त उहाँको बुद्धि पलाउलाभनेको त, प्रचण्डमा त्यस्तो देखिएन । सहिदका सपना पूरा होलान भनेको त उहाँ व्यक्तिगत स्वार्थ र काममा लाग्नुभयो ।’

उनले एमालेको सचिवालय बैठकबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय भएपछि आफूहरु हिजै सरकारबाट बाहिरिएको स्पष्ट पारिन् । उनले थपिन्–‘हामी सेवकको भूमिका निर्वाह गर्छौं । प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्छौं । नीतिगत रुपमा आफ्ना कुरा राखेर अघि बढ्छौं ।’
उनले आफ्नो पार्टीले राष्ट्रपतिमा अघि सारेको सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित् रहेको दाबी गरिन् । उनले भनिन्– ‘उहाँको व्यक्तित्वर क्षमताको हिसाबले, बोली, व्यवहार अनिवचन राम्रो छ । राष्ट्रपतिको भूमिकामा उहाँ सफल हुनुहुनेछ । हामी उहाँलाई सफल बनाउने प्रक्रियामा लागेका छौं । उहाँको जित सुनिश्चित् छ ।’ उनले एमाले सहितको गठबन्धन तोडिनुमा प्रधानमन्त्री प्रचण्ड नै मुख्य दोषी भएको दाबी गरिन् । उनले भनिन्–‘प्रचण्डले आफ्नो खुट्टा दरो नटेकेको कारण देश दुर्घटनामा जानलागेको आभास हुँदैछ ।’

सो क्रममा उनले आफूले कृषिमन्त्रीका रुपमा छोटो अवधिमा गरेका राम्रा कामका फेहरिस्त सुनाएकी थिईन् । उनले उखुको भाउप्रति–क्विन्टल २० रुपैयाँको दरले निर्णय गरेको सुनाईन् । आफूले जनतालाई केन्द्रमा राखेर निर्णय लिएको उनको दाबी थियो । 

बर्डफ्लुबाट पीडित कुखुरा व्यवसायीहरु छट्पटाईरहेको अवस्था उल्लेख गर्दै उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गराएको पनि साहले सुनाईन् । यस्तै, विश्व बैंकको सहायतामा (४० मिलियन डलर) ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको लागि ६ प्रदेशका ३५ जिल्लाका १७१ पालिकामा कार्यक्रम अघि बढाउन सुरु गरेको पनि उनले सुनाईन् । 
उक्त योजना अघि बढ्दा युवाहरुलाई रोजगारी सिर्जना हुने उनको भनाई छ । उनले दूधको मूल्य पनि बढाएको उल्लेख गरिन् । आफू मन्त्री हुँदै गर्दा मुलुकमा खाद्य, मलको ठूलो हाहाकार भएको बताउदै उनले त्यसमा पनि मल्हम लगाउने काम गरेको दाबी गरिन् । 
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: