एमाले सांसद रघुजी पन्तले ज्ञानेन्द्र शाहीप्रति बोलेका शब्द हटाउन राप्रपाको माग

दर्पण दैनिक ३ चैत्र २०८१,१२:१९
post

काठमाडौँ । राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांसदले अपशब्द बोलेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले एमाले सांसद रघुजी पन्तले सांसद शाहीको मानहानी गरेको भन्दै सचेत गराउन माग गरेका हुन् । उनले  सांसद शाहीमाथि मिस्टर, तपाईं, तिमी भनेको भन्दै आपत्ति जनाए ।


सांसद सिंहले जुम्लाबाट जनताले चुनेर पठाएका सांसद शाहीमाथि अपशब्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसद पन्तको अभिव्यक्ति रेकर्डबाट हटाउन र सचेत गराउनुपर्नेमा जोड दिए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले  सांसद रघुजी पन्तले  पूर्व राजाहरूको आलोचना गरेपछि राप्रपा सांसद शाहीले उठेर विरोध जनाएका थिए ।  सांसद पन्तले सम्बोधनका क्रममा राजाकालमा घटेका विभिन्न घटनाले देशलाई अन्धकारतिर धकेलेको बताएपछि सांसद शाहीले बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न भनेका थिए । त्यसपछि सांसद पन्तले आफूले बोलेका कुरामा सत्यता नभए इतिहास पढेर आफूसँग बहस गर्न आउन शाहीलाई चेतावनी समेत दिएका थिए ।

'हिजो भर्खर एउटा झुटो इतिहास सुनाएर माननीय सांसद जुम्लाका ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलिकन मानहानीसँग यहाँ जोड्नुभयो । तिमी र तपाईं मिस्टर भनेर सम्बोधन भयो । ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका सांसद हुन् । उहाँले यी गठबन्धन र लठबन्धनको भन्दा बढी मतले जित्नु भएको हो। संसदमा मर्यादाहिन तरिकाले पेस हुनु गैर जिम्मेवारी हो। त्यो रेकर्डबाट मेटिनुपर्छ । ती सांसदलाई सचेत हुनको लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु,'उनले भने ।

त्यस्तै सांसद सिंहले आर्थिक विकासका लागि भन्दै यौन व्यवसायलाई व्यवसायीकरण गर्ने कांग्रेस सांसद श्याम घिमिरेको प्रस्तावप्रति पनि आपत्ति जनाए। आइतबार बसेको संसद बैठकमा सांसद घिमिरेले यौन व्यवसायलाई व्यवसायिकरण गर्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: