काठमाडाैं । सत्ता गठबन्धनले सदन सुचारुका लागि विपक्षी दलसँग छलफल गर्ने भएकाे छ । आज बिहान बालुवाटारमा बसेकाे गठबन्धन दलका शीर्ष नेताहरूकाे बैठकले अवरुद्ध संसद खुलाउन विपक्षीसँग संवाद गर्ने र विवादित विषयमा संसदमै प्रधानमन्त्रीले जवाफ दिने निर्णय गरेकाे हाे ।
'अवरुद्ध संसद खुलाउन विपक्षीसँग संवाद गर्ने र उठेका विषयमा प्रधानमन्त्रीले जवाफ दिने निर्णय भयाे', बैठकमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यावदले भने ।
नेपालमा प्रधानमन्त्री बन्न दिल्ली धाउनुपर्ने आशय झल्किने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएकाे भन्दै प्रमुख विपक्षी एमालेसहितका विपक्षी दलले हिजाे संसद चल्न दिएका थिएनन् । एमालेले त यही विषयलाई लिएर प्रधानमन्त्रीकाे राजीनामा मागेकाे छ ।