
काठमाडौँ । आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले शुक्रबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। त्यस अवधिमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
देशका १६५ वटै निर्वाचन क्षेत्रमा माघ ६ गते ६८ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४८७ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै, एक जनाको उम्मेदवारी खारेज भएको छ। कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरेको हो ।
बिहीबार आयोगले उम्मेदवारीमाथि बादी विरोध तथा उजुरी दिने समय तोकेको थियो। त्यसमा पाँच जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो । जाँचबुझ गर्दा एक जनाको मात्रै खारेज गरेको र अन्य चार जनाको उम्मेदवारी यथावत राखेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिनेहरु
धनकुटा–१ बाट स्वतन्त्र उम्मेदवार गंगाराम गोम्देन
मोरङ–१ बाट जसपा नेपालका उम्मेदवार दुर्गाप्रसाद दर्लामी
मोरङ– ३ का स्वतन्त्र उम्मेदवार सुरेश लिम्बु
मोरङ–३ का स्वतन्त्र उम्मेदवार दलबहादुर थापा
मोरङ–३ का स्वतन्त्र उम्मेदवार कञ्चन न्यौपाने
मोरङ– ६ का स्वतन्त्र स्वतन्त्र उम्मेदवा राम खत्री
सुनसरी–४ बाट उनेपाका उम्मेदवार बच्चालाल यादव
ओखलढुंगाका स्वतन्त्र उम्मेदवार सन्तबहादुर तामाङ
सिराहा–४ का आजपाका उम्मेदवार वीरेन्द्रप्रसाद साह
महोत्तरी–१ का स्वतन्त्र उम्मेदवार टेकप्रसाद पोखरेल
महोत्तरी–१ का स्वतन्त्र उम्मेदवार प्रमोदकुमार शाह
महोत्तरी–३ का स्वतन्त्र उम्मेदवार राधेश्याम तिवारी
महोत्तरी–४ का स्वतन्त्र उम्मेदवार सजयकुमार चौधरी
सर्लाही–१ का स्वतन्त्र उम्मेदवार भरतकुमार थापा
सर्लाही–४ का स्वतन्त्र उम्मेदवार महेशप्रसाद यादव
धादिङ–१ का स्वतन्त्र उम्मेदवार ईश्वर भारती
नुवाकोट–२ बाट प्रलोपाका उम्मेदवार रजमान तामाङ
काठमाडौँ–१ का स्वतन्त्र उम्मेदवार बाबुराम आचार्य
काठमाडौँ–५ बाट मितेरी पार्टीका उम्मेदवार सुनिता न्यौपाने
काठमाडौँ–६ का स्वतन्त्र उम्मेदवार निमला खड्का घिमिरे
काठमाडौँ–६ का स्वतन्त्र उम्मेदवा राजेन्द्र सिटौला
काठमाडौँ–७ का स्वतन्त्र उम्मेदवार रामशरण थपलिया
रौतहट–३ का स्वतन्त्र उम्मेदवार अमिन्द्र राय यादव
बारा–४ बाट नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार कलामुदिन हवारी
बारा–४ डिमोक्र्याटीक पार्टीका उम्मेदवार नरबहादुर श्रेष्ठ
पर्सा–२ का स्वतन्त्र उम्मेदवार राजेश्वरप्रसाद शा
पर्सा–४ बाट पिपुल फष्र्ट पार्टीका उम्मेदवार फिरोज अंसारी
चितवन–१ का स्वतन्त्र उम्मेदवार रामेश्वर प्रसाद घिमिरे
गोरखा–२ बाट प्रलोपाका उम्मेदवार डा. बाबराम
तनहुँ–२ बाट उनेपाका उम्मेदवार मनराज गुरुङ
स्याङ्जा–१ का स्वतन्त्र उम्मेदवार मनोज नेपाली दर्जी
स्याङ्जा–२ बाट प्रलोपाका उम्मेदवार टीकाराम रेग्मी
स्याङजा–२ का स्वतन्त्र उम्मेदवार घनश्याम पाण्डेय
स्याङजा– २ का स्वतन्त्र उम्मेदवार दिलिप श्रेष्ठ
पाल्पा–२ का स्वतन्त्र उम्मेदवार देवीप्रसाद भण्डारी
नवलपुर–१ बाट प्रलोपाका उम्मेदवार जगन्नाथ अर्याल
नवलपुर–१ का स्वतन्त्र उम्मेदवार लक्ष्मण श्रेष्ठ
रूपन्देही–२ बाट राप्रपाका उम्मेदवार कर्भिका थापा
रुकुम पूर्वका स्वतन्त्र उम्मेदवार अमर सिं पुन
रोल्पाका स्वतन्त्र उम्मेदवार दलबहादुर खत्री
रोल्पाका स्वतन्त्र उम्मेदवार आशबहादुर पुन
दाङ–३ का स्वतन्त्र उम्मेदवार गोपाल वली
बाँके–१ का स्वतन्त्र उम्मेदवार दिपकबहादुर शाही
बाँके–१ का स्वतन्त्र उम्मेदवार प्रदिप पौडेल
बाँके– २ बाट नेपाल जनता पार्टीका उम्मेदवार बिजयकुमार गुप्ता
बाँके–२ बाट जसपाका उम्मेदवार सरस्वतीप्रसाद बर्मा
बर्दिया–२ बाट प्रलोपका उम्मेदवार नेत्रराज आचार्य
बर्दिया– २ का स्वतन्त्र उम्मेदवार नुतनकुमार चौधरी
कैलाली–२ का स्वतन्त्र उम्मेदवार मोहन सिंह राठौर


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google