रास्वपालगायतको उदय अराजकताको संकेत  : झलनाथ खनाल

दर्पण दैनिक १३ जेष्ठ २०८०,१४:५४
post

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गणतन्त्रको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको उदय अराजकताको संकेत भएको उनले कटाक्ष गरे । आन्दोलनमा ठूलो भूमिका खेलको पार्टीहरूले देश विकासमा महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको उनको जिकिर छ । 

‘१५ वर्षको समीक्षा गर्दै देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ,' उनले भने, 'कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । ढोल र घण्टीहरू भनेका अराजकताका संकेतहरू हुन् ।'

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने उनले चेतावनी दिए । कुनै बहानामा अनुसन्धान रोक्ने प्रयास भए जनताले सहन नसक्ने उनले बताए । अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने उनको चेतावनी छ । 

शरणार्थी प्रकरण लज्जास्पद विषय भएको उनको भनाइ छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरण एउटा लज्जास्पद कुरा हो । संलग्न देखिएका मानिसलाई धिक्कार छ,' उनले भने, 'यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस् । यसमा कुनै बाधा खडा गरियो र अुनसन्धान प्रक्रियालाई टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ । यो आजको सरकार र प्रहरीले सुनोस् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९